Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस
२०७६ जेठ १ बुधबार २०:०३:००
Read Time : < 1 मिनेट
समाचार

कालोपत्रे सडक माग्दै स्थानीयले गरे चापागाउँमा यातायात बन्द

Read Time : < 1 मिनेट
रासस
२०७६ जेठ १ बुधबार २०:०३:००

सडक मर्मतको माग राख्दै चापागाउँका बासिन्दाले ६ दिनदेखि यातायात बन्द गरेका छन् । सडक विस्तार आयोजनाले समयमै चापागाउँ–सातदोबाटो सडकखण्ड मर्मत नगर्दा स्थानीयवासीले धुलो, हिलो र धुवाँको समस्या खेप्दै आएका छन् ।

‘धुवाँ, धुलो अति भो, ठेक्का दिएको कति भो,'  'समय हे-यौँ पटक पटक, पछि हट्दैनाै‌ हामी यो पटक’ जस्ता नारासहित चापागाउँवासीले सडक ठप्प पारेका हुन् । बन्दका कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।  

सडक समस्या समाधान गर्नका लागि पहल गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । ‘राज्यले समयमै मुआब्जा दिन नसकेका कारण निर्माणको काम रोकिँदा धुवाँ, धुलोको समस्या खप्नुपरेको हो,’ उनले भने् ‘ नगरपालिकाले सहजीकरणको काम मात्र गर्ने हो ।’

सो सडक कालोपत्रे गर्नुपर्ने स्थानीयवासीको माग छ । सडकमा परेका घर टहरा पूरै नहटाएसम्म कालोपत्र गर्न नमिल्ने सडक विभागका महानिर्देशक केशवराज शर्माले बताउँछन् । ‘घरको मुआब्जाको व्यवस्था भएपछि मात्र कालोपत्र सम्भव छ,’ उनले भने् ।

सरकारले तत्काल चापागाउँ सडक मर्मत गर्ने जिम्मेवारी नलिए आन्दोलनमा उत्रने सोही क्षेत्रका सांसद नवराज सिलवालले चेतावनी दिए ।