मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १८:१६:००
Read Time : < 1 मिनेट
समाचार

अख्तियारका पूर्व आयुक्त पाठकसँग ७८ लाख धरौटी माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १८:१६:००

घुस लिएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई बुधबार बिशेष अदालतले ७८ लाख धरौटी बुझाउन आदेश दिएको छ ।

घुस लिएको अभियोग परेको मुद्दामा उनी बुधबार बिशेष अदालतमा हाजीर भएका थिए । बयानपछि बिशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारीकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैध तीन जनाको इजालासले पाठकसँग ७८ लाख धरौटी माग्ने आदेश दिएको हो । 

पाठकले धरौटी राख्नका लागि एक घण्टा समय माग गरेको अदालतका एक कर्मचारीले बताए । भक्तपुरको नेपाल इन्जिनियरीङ कलेजमा सञ्चालकबीचको विवादमा लम्बोदर न्यौपाने पक्षमा निर्णय गरिदिने भन्दै पाठकले ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा परेको हो । घुस लिएको पुष्टि हुने भिडियो सार्वजनिक भएपछि उनीमाथि महाअभियोग लगाउने तयारी भएको थियो । महाअभियोगको तयारीपछि उनले राजिनामा दिएका थिए । आयोगले गत १२ चैतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

पाठकसहित न्यौपानेविरुद्ध समेत मुद्दा दायर भएको थियो । बयानकै क्रममा भागेका न्यौपाने भने अझै फरार छन् ।