१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी 
२०७६ जेठ १ बुधबार १८:१३:००
Read Time : < 1 मिनेट
खेलकुद

रिषभ पन्तको साटो दिनेश कात्तिकलाई टोलीमा राख्नुको कारण खोले विराट कोहलीले

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ जेठ १ बुधबार १८:१३:००

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले विश्वकप क्रिकेट २०१९ का लागि रिषभ पन्तको साटो दिनेश कात्तिकलाई रोज्नुको कारण खोलेका छन् । 

विश्वकपका लागि घोषणा गरिएको १५ सदस्यीय भारतीय टोलीमा कात्तिकको साटो पन्तलाई राखेको भए राम्रो हुन्थ्यो भन्ने चर्चा क्रिकेटका जानकारहरुको वृत्तमा चलेपछि कोहलीले कारण खोलेका हुन् । पन्त र कात्तिक दुवै विकेटकिपर–ब्याट्सम्यान हुन् । 

‘दबावको अवस्थामा कात्तिकले रचनात्मक भूमिका खेल्दै आएका छन् । उनी अनुभवी पनि छन् । भगवाले त्यस्तो नगरुन तर महेन्द्रसिंह धोनीलाई केही भइहालेको खण्डमा कात्तिक विकेटपछाडि एकदमै मूल्यवान खेलाडी हुनेछन् । फिनिसरका रुपमा पनि उनले राम्रो भूमिका प्रदर्शन गरेका छन्,’ कोहलीको भनाई छ । 

सन् २००४ मा डेब्यु गरेका कात्तिकले भारतका लागि ९१ वटा एक दिवसीय खेल खेलेका छन् । यद्यपि भारतीय टोलीका प्रमुख चयनकर्ता एमएसके प्रसादले स्पष्ट शब्दमा भनिसकेका छन् कि, कात्तिकले धोनी घाइते भएको अवस्थामामात्र प्लेइङ् इलेभेनमा पर्ने छन् ।