१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ जेठ १ बुधबार १७:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

केयुमा मदनभण्डारी स्मृती फुटबल हुने

Read Time : < 1 मिनेट
२०७६ जेठ १ बुधबार १७:३७:००

जिल्लाको धुलिखेलमा अवस्थित काठमाडौं विश्व विद्यालयमा अध्यायनरत विद्यार्थीहरूले मदनभण्डारी फुटबल प्रतियोगिता ३ जेठबाट गर्ने भएका छन् । 

विश्वविद्यालयमा अध्ययनरत अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न ठाउँका विभिन्न कलेजमा अध्यायनरत २४ टीम सहभागी हुने आयोजकले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । काठमाडौं विश्व विद्यालयको खेल मैदानमा ३ जेठमा उद्घाटन गरी १८ मा समापन हुने आयोजक समितिका संयोजक प्रविण ज्ञवालीले जानकारी दिए। 

प्रतियोगितका लागि अनुमानित १५ लाख २१ हजार रुपैयाँ बजेट लाग्ने ज्ञवालीले जनाएका छन् । समुह दर्ताको लागि प्रति समुह १० हजार तोकिएको छ । प्रतियोगितामा विजयी हुने टीमलाई ५० हजार नगदसहित ट्रफिको व्यावस्था भएको पनि आयोजकले जनाएको छ । 

यो प्रतियोगिता दोस्रो पटक हुन लागेको आयोजकले जनाएको छ । गत वर्षको प्रतियोगितामा १६ समूहले भाग लिएकोमा काठमाडौं विश्वविद्यालयको टिम ‘बी’ विजयी भएकाे थियाे ।