मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी 
२०७६ जेठ १ बुधबार १७:३९:००
Read Time : < 1 मिनेट
सप्तरंग

तब्बु भन्छिन् : सलमान खान र अजय देवगणलाई निशर्त माया गर्छु 

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ जेठ १ बुधबार १७:३९:००

प्रदर्शन-उन्मुख फिल्म ‘दे दे प्यार दे’ मा अजय देवगण र ‘भारत’ मा सलमान खानसँग पर्दा सेयर गरेकी अभिनेत्री तब्बुले यी दुई बलिउड स्टारलाई आफूले निशर्त माया गर्ने बताएकी छन् । 

सलमान र अजय आफ्नो सहकर्मी कलाकार भए पनि परिवारकै जस्तो सम्बन्ध भएको तब्बुको भनाई छ ।

‘म यिनीहरुलाई निशर्त माया गर्छु । यिनीहरु मेरो जीवनको हिस्सा हुन् । मेरो व्यक्तिगत जीवन र कामसँग जोडिएका छन् । मैले सिनेकर्मकै दौरान यिनीहरुलाई भेटे । यिनीहरु यस्ता व्यक्ति हुन् जसले मलाई कहिल्यै लड्न दिने छैनन् । 

सन् १९९४ मा तब्बु र अजय अभिनित फिल्म ‘विजयपथ’ सुपरहिट भएको थियो । त्यसबाहेक पनि दृश्यम, हकिकत, तक्षक, गोलमाल अगेनजस्ता फिल्ममा तब्बु र अजयले पर्दा सेयर गरेका छन् । सलमानसँग पनि तब्बुले बिबी नम्बर वान, हम साथ साथ है, जय होजस्ता सिनेमा खेलेकी छन् ।