मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार

गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग माग (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १६:२९:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरेका छन् ।

५० औं विद्यार्थी एकता दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अनेरास्ववियूकी अध्यक्ष नविना लामाले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरिन् । उनले आगामी आर्थिक वर्षमा गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सांसददेखि संसदसँगको बहसलाई तीव्रता दिइएको दाबी गरिन् । 

कार्यक्रममा बोल्दै अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले दुवै विद्यार्थी संगठनहरुलाई आम विद्यार्थीहरुको गर्विलो संगठनको रुपमा स्थापित गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

५५ औं विद्यार्थी एकता दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा दुई संगठनबीचको एकतामा ढिलाई नहुने प्रतिवद्धतासहितको नारा पनि घन्काइएको थियो । काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भूगोलपार्कमा पुगेर समापन गरिएको थियो ।

२०२१, १ जेठमा तत्कालीन विद्यार्थी संगठनहरुले निकालेको प्रर्दशनमाथि तत्कालिन पञ्चायती शासकले दमन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष १ जेठ अर्थात् आजकै दिन विद्यार्थी एकता दिवस मनाउने गरिन्छ ।