१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ जेठ १ बुधबार १५:४६:००
Read Time : < 1 मिनेट
समाचार

पैसा खाएर कर्मचारी सरुवा गरेको आरोपमा मन्त्रीकै अगाडि उपसचिवमाथि हातपात

Read Time : < 1 मिनेट
२०७६ जेठ १ बुधबार १५:४६:००

कर्मचारी सरुवामा अनियमितता गरेको भन्दै बुधबार आपूर्ति मन्त्रालयका उपसचिव प्रेम आचार्यमाथि मन्त्रालय भित्रै हातपात भएको छ । कर्मचारी सरुवा गर्दा पैसा खाएकाे भन्दै उनीमाथि हातपात भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवसमेत रहेका आचार्यलाई ७ / ८ जनाको समूहले हातपात गरेका थिए । सरुवामा घुस खाएकाे भन्दै उनीहरूले मन्त्रीकै अगाडि हातपात गरेका हुन् । 

आचार्यसँग भनाभन भएपछि मन्त्री मातृका यादव के काे विवाद भन्दै पुगेका थिए । उनकै अगाडि आचार्यमाथि हातपात भएकाे हाे । 

मन्त्रीका स्वकीय सचिव सन्ताेष विष्टकाे हातमा पनि चाेट लागेकाे छ ।