सर्वदलीय समिति बनाएर मेलम्चीको काम अघि बढाइने : खानेपानी मन्त्रालय

२०७६ जेठ १ बुधबार १५:००:००
नयाँ पत्रिका

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकारले सर्वदलीय समिति गठन गर्ने तयारी गरेको छ । खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले सो आयोजनाको बाँकी काम सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने वित्तिकै सर्वदलीय समिति बनाउने तयारी गरिएको जानकारी दिएका छन् । 

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बुधबार उनले सो आयोजनाको बाँकी काम एक वर्ष भित्र सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भएकाले शंका नगर्न आग्रह गरे । एक हप्ता भित्र सर्वदलीय समिति बनाएर बाँकी कामलाई तीव्रता दिने योजना रहेको शर्माले जानकारी दिए ।

आयोजनाको काम अधुरो छोडेको इटालियन कम्पनी सिएमसीलाई फर्काउने प्रयास असफल भएपछि सरकारले काम सुरु गरेको जानकारी दिए । 

एशीयाली विकास बैंक ९एडीबी०को लगानीमा सरकारले बाँकी कामलाई अघि बढाएको हो । टनेलमा नटबोल्ड कस्ने काम सुरु गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । शुद्ध खानेपानी पिउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्न जनशक्तिको अभाव रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि पहल गरि दिन शर्माले समितिसँग आग्रह गरे ।