१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ जेठ १ बुधबार १४:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

डोल्पामा न विद्युत न टेलिफोन

Read Time : < 1 मिनेट
२०७६ जेठ १ बुधबार १४:१५:००

हिमाली जिल्ला डोल्पामा टेलिफोन सेवा अवरुद्ध भएसँगै सञ्चारबिहिन भएको छ । त्रिपुरासुन्दरी नगरपालिका २ रसी लेकमा राखिएको रेडियो लिंक टावरमा समस्या आएपछि डोल्पा सञ्चारबिहिन भएको स्थानीय दुर्गाप्रसाद देबकोटाले बताए ।

टेलिफोन टावर अवरुद्ध भएपछि जुफाल, त्रिपुराकोट, पहाडालगायतका दर्जनौ बस्तीहरु चार दिनदेखि सञ्चारबिहिन भएका छन् । 

टेलिफोन सेवा नभएपछि सरकारी तथा गैह्र सरकारी कार्यालयको कामकाज समेत प्रभाबित भएको छ ।

तीन महिनादेखि विद्युत अवरूद्ध
जैरीगाड जलविद्युत आयोजना अवरुद्ध भएको तीन महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन् ।

लामोसमयसम्म विद्युत आपुर्ति बन्द भएपछि सदरमुकाम दुनै, जुफाल, मोतीपुरलगायतका दर्जनौ बस्ती  अन्धकार भएकाे छ । 

विद्युत नभएपछि जेनेरेटरबाट महंगो शुल्क तिरेर फोटोकपी, इमेललगायतका विद्युतीय कामकाज गर्नुपर्दा जनता मारमा परेका छन् ।
सुख्खा पहिरोको कारण नहर भत्केपछि विद्युत सेवा अवरुद्ध भएको थियो ।