मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर साैजन्य : तिलु शर्मा पाैडेल
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १३:०६:००
Read Time : < 1 मिनेट
प्रवास

रमदानको अवसरमा मुस्लिम समाज कतारद्वारा कतारवासी नेपालीहरूको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १३:०६:००

इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमदानको अवसरमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले कतारवासी नेपालीहरूको सम्मानमा इफ्तार कार्यक्रम आयोजना गरेको छ । मङ्गलबार साँझ कतार च्यारेटीको सभा हलमा आयोजित कार्यक्रममा रमदानकाे अवसरमा शुभकामना आदानप्रदान गरिएकाे थियाे । संस्थाका अध्यक्ष मोहमद मुक्तदाको सभापतित्वमा भएकाे कार्यक्रममा  प्रमुख अतिथि कतारका लागि नेपाली राजदूत प्रा. रमेश प्रसाद कोइराला थिए । 

कार्यक्रममा दोहामा स्थापित विभिन्न सङ्घ संस्थाका प्रमुख, व्यवसायी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका संयोजक मोहम्मद रमजान अलि मियाले रमदानको महत्त्व बारे वर्णन गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिने अधिकांश वक्ताहरूले समाजको कार्यक्रमको प्रशंसा गरे ।

प्रमुख अतिथि कोइरालाले २ वर्ष पहिले र अहिलेको कतारकाे भिन्नताबारे बताए । नेपाली समुदायबीच नेपाल पाएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रमका सभापति मुक्तदाले आफू र संस्थाले नेपाली समाजसँग भाइचारा चाहेको र भाइचारा कायम गरी रहने प्रतिबद्धता जनाए ।