मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ १ बुधबार १३:००:००
Read Time : < 1 मिनेट
समाचार

अख्तियारका पूर्व आयुक्त पाठक अदालतमा उपस्थित 

Read Time : < 1 मिनेट
२०७६ जेठ १ बुधबार १३:००:००

७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् । विशेष अदालतले उनको बयान सुरु गरेको छ । 

भक्तपुरको नेपाल इन्जिनियरीङ कलेजमा सञ्चालकबीचको विवादमा लम्बोदर न्यौपाने पक्षमा निर्णय गरिदिने भन्दै उनले घुस लिएका थिए । घुस लिने पुष्टि हुने भिडियो सार्वजनिक भएपछि उनीमाथि महाअभियोग लगाउने तयारी गरेको थियो । महाअभियोगको तयारीपछि उनले राजिनामा दिएका थिए । आयोगले गत १२ चैतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

पाठकसहित न्यौपानेविरुद्ध समेत मुद्दा दायर भएको थियो । बयानकै क्रममा भागेका न्यौपाने भने अझै फरार छन् । बयान सकिए पाठकको आझै थुनछेक आदेश आउने सम्भावना रहेको विशेष अदालतका एक अधिकारीले बताए ।