१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १२:३३:००
Read Time : < 1 मिनेट
समाचार

बजेटमा गुणस्तरीय शिक्षा व्यवस्था गर्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १२:३३:००

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरेका छन । 

५५ औं विद्यार्थी एकता दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अनेरास्ववियूकी अध्यक्ष नवीना लामाले आगामी वर्षको बजेटमा सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् । 

कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले शैक्षिक क्षेत्रमा सुधार गरेर दुवै विद्यार्थी संगठनलाई आम विद्यार्थीको गर्विलो संगठनको रुपमा स्थापित गराउन लागिपर्ने प्रतिवद्धता जनाए । 

एकता दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा दुई संगठनबीचको एकतामा ढिलाई नहुने प्रतिवद्धतासहितको नारा घन्काइएको थियो । काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भूगोलपार्कमा पुगेर समापन गरिएको थियो । २०२१ जेठ १ गते तत्कालीन विद्यार्थी संगठनहरुले निकालेको प्रर्दशनमाथि तत्कालीन पञ्चायती शासकले दमन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष जेठ १ गते  विद्यार्थी एकता दिवस मनाउने गरिन्छ ।