मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी 
२०७६ जेठ १ बुधबार १२:०४:००
Read Time : > 1 मिनेट
विश्व

अपरिचित हिन्दु विरामीलाई जोगाउन रमादानको व्रत तोडेर रक्तदान गरे यी मुस्लिम युवाले

Read Time : > 1 मिनेट
एजेन्सी 
२०७६ जेठ १ बुधबार १२:०४:००

यतिखेर सन्सार भरका मुस्लिमहरु पवित्र महिना रमादानको उत्सव मनाइरहेका छन् । व्रत बसिरहेका छन् । यस्तोमा एक मुस्लिम युवकले अपरिचित हिन्दु विरामीको ज्यान जोगाउन आफ्नो व्रत तोडेर रक्तदान गरेका छन् । 

मंगलदोइ जिल्लाका २६ वर्षे पनाउल्ला अहमदले ओ पोजेटिभ रगतको सख्त आवश्यकता भएका धेमाजी जिल्लाका राजन गोगोइका लागि रक्तदान गरेका हुन् । 

हालैको एक बिहान आराम गरिरहेका बेला अहमदले एउटै कोठामा बस्ने साथी तपस भगवतीलाई एकदम चिन्तित पाए । रक्तदाता र विरामीलाई जोड्ने संस्था ‘टिम ह्युमानिटी’ सँग आवद्ध तपसलाई अघिल्लो राति दुई युनिट 'ओ पोजेटिभ' रगत अत्यावश्यक रहेको भन्दै फोन आएको रहेछ । 

संस्थासँग करिव २ सय सक्रिय कर्मचारी ९० हजार सदस्य र २५ हजार नियमित रक्तदाता आवद्ध भए पनि अनलाइनमा पटकपटक आह्वान गर्दासमेत रगत जुटाउन नसकेर उनी चिन्तित भएका रहेछन् । तपसले धेरैतिर फोन गरे तर केही पार लागेन । 

‘त्यत्तिकैमा अहमद आए र आफूले रक्तदान गर्ने बताए । मैले उसलाई सोधेको पनि थिइन, त्यसमाथि उ रोजामा थियो,’ तपसले भने । त्यसपछि दुवै गोगोइ भर्ना भएको अस्पतालतिर कुदे । 

यत्तिकै रक्तदान गर्न चाहेका अहमदलाई डाक्टरले त्यसअघि व्रत तोड्न सल्लाह दिए । ‘त्यसबीच अहमदले आफ्नो गाउँ सिपाझारका केही बुढापाकालाई फोन गरेर व्रत तोड्न मिल्छ भनेर सोधे । विभिन्न खाले प्रतिक्रिया आए । र अन्तमा उनी रक्तदान गर्ने निश्कर्षमै पुगे,’ तपसको भनाई छ । 

‘रोजा एक धार्मिक विश्वास हो, जसलाई हामी पछ्याउन चाहन्छौ । मैले यो महसुसका साथ निर्णय गरे कि रोजा त मैले हरेक अर्को दिन पनि गर्न सक्छु तर आज कसैको जीवन जोगाउने एउटा मौका आएको थियो । मैले उनलाई जोगाउन चाहे,’ अहमदले भने । 

काम पनि एकै ठाउँमा गर्ने साथी अहमदले देखाएको मानवताबाट तपस नतमस्तक बनेका छन् । ‘अहमदजस्तो साथी पाउनु मेरो लागि गर्वको कुरा हो । उसले धर्मभन्दा माथि उठेर मानवता रोज्यो,’ तपस भन्छन् ।