मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १०:३९:००
Read Time : < 1 मिनेट
प्रदेश

नौ महिनामा सवारी दुर्घटनामा १२ को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १०:३९:००

चालू आर्थिक वर्षको नौ महिनामा सवारी दुर्घटनामा परी प्युठानमा १२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रहरी नायब निरीक्षक कृष्ण विश्वकर्माका अनुसार पाँच पुरुष, पाँच महिला, एक बालक र एक बालिका गरी १२ जनाको मृत्यु भएको छ । 

नौ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४९ गम्भीर घाइते भएका छन् । जसमा ३३ पुरुष, आठ महिला, ६ बालक, दुई बालिका छन् । जिल्ला ट्राफिक कार्यालय प्युठानको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा २४ जनाको मृत्यु ४९ गम्भीर घाइते भएका थिए । त्यसैगरी, ०७३/७४ मा १८ को मृत्यु ४२ जना गम्भीर घाइते भएका थिए ।

०७४/७५ मा १८ को मृत्यु र ४९ गम्भीर घाइते भएको ट्राफिक प्रमुख विश्वकर्माले बताए । यो अवधिमा एउटा बस, दुई ट्रक, १४ जिप, चार ट्याक्टर, १३ मोटरसाइकल, दुई टेम्पो र अन्य दुई गरी ३८ साधन दुर्घटनामा परेका छन् ।