टी–२० लिगका ड्राफ्टमा ५५ खेलाडी : कुन खेलाडीले कति पाए ?

२०७६ जेठ १ बुधबार १०:४२:००

वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी–२० क्रिकेटका लागि ५५ महिला खेलाडीको छनोट गरिएको छ । पहिलोपटक हुन लागेको महिला फ्रेन्चाइज लिगको ड्राफ्टमा पाँच टोलीका लागि ५५ खेलाडीलाई अनुबन्धन गरिएको हो ।

१ सय ९ खेलाडी

पहिलोपटक भएको ड्राफ्टमा कुल एक सय नौजना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । जसबाट ५४ खेलाडीले भने टिममा स्थान बनाउन सकेनन् । डब्लुसिएलमा ललितपुर फाल्कन्स, पोखरा पल्टन, क्याट क्विन्स, चितवन राइनोज र विराटनगर टाइटन्स गरी पाँच टोलीले प्रतिस्पर्धा गर्दै छन् । ड्राफ्टबाट हरेक टोलीले ११–११ खेलाडी छनोट गरेका हुन् । 

तीन श्रेणीबाट खेलाडी छनोट

ड्राफ्टमा डायमन्ड, सफाएर र रुबिज गरी तीन श्रेणीमा खेलाडी अनुबन्ध गरिएको थियो । डायमन्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू रहेका थिए । डायमन्ड श्रेणीमा रहेका खेलाडीको मूल्य ७५ हजार तोकिएको थियो । रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका खेलाडीलाई राखिएको थियो । जसको मूल्य ५० हजार थियो । सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी रहेका थिए । जसको मूल्य २५ हजार छ । अब वाइल्डकार्ड इन्ट्रीबाट केहि नयाँ खेलाडीले मौका पाउने छन् ।  डब्लुसिएल ३ देखि ११ असोजसम्म कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ ।