मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी
२०७५ पौष १३ शुक्रबार ०९:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

रोकिराखेको चारवटा ट्याक्सीमा टिपरको ठक्कर, श्रीमानको मृत्यु, श्रीमती घाइते 

Read Time : < 1 मिनेट
टेकराज थामी
२०७५ पौष १३ शुक्रबार ०९:०७:००

बालाजुको बाइपासमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  ना ७ ख ७००५ नम्बरको टिपरको ठक्करबाट अन्य ६ जना घाइते भएका छन् । धर्मस्थलीबाट माटो बोकेर एयरपोर्टतर्फ जाँदै गरेको उक्त टिपर बाइपास चोकमा रोकिराखेका चारवटा ट्याक्सीमा ठोक्किन पुगेको थियो ।

टिपरको ठक्करबाट सोही चोकमा चिया बेच्ने ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको छ भने उनकी श्रीमती सानुनानु विसङ्खेको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । सानुनानुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते  अन्य पाँचजना ट्याक्सी चालक रहेको प्रहरीले बताएको छ ।