मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी 
२०७६ जेठ १ बुधबार ०९:२०:००
Read Time : < 1 मिनेट
विश्व

सुरक्षाकर्मीलाई बेग्लै गाडी माग्दै प्रधानमन्त्री मोदीका भाई प्रह्दाल बसे धर्ना

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ जेठ १ बुधबार ०९:२०:००

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका भाई प्रह्लाद मोदी आफ्नो सुरक्षामा खटिने ‘पर्सनल सेक्युरिटी अफिसर’ (पीएसओज) लाई बेग्लै गाडी व्यवस्था गर्न माग गर्दै धर्ना बसेका छन् । 

उनी मंगलबार जयपुर–अजमेर राष्ट्रिय मार्गमा पर्ने बगरु प्रहरी चौकी अगाडि धर्ना बसेका हुन् । 

जयपुरका प्रहरी आयुक्त आनन्द श्रीवास्तवका अनुसार प्रह्लादको सुरक्षाका लागि दुई जना पीएसओज बगरु प्रहरी चौकीमा पर्खिरहेका छन् ।

‘हामीले उनलाई दुई जना पीएसओज उपलब्ध गराउने आदेश देखायौ । ती पीएसओज उनकै गाडीमा खटिनुपर्ने थियो तर उनले आफ्नो गाडीमा राख्न मानेनन् । उनीहरुका लागि बेग्लै गाडीको व्यवस्था हुनुपर्ने उनको माग थियो,’ श्रीवास्तवको भनाई छ । 

धर्ना बसेको एक घण्टापछि प्रह्लादलाई सम्झाएर कानुनअनुरुप दुई जना पीएसओज उपलब्ध गराइएको जनाउँदै श्रीवास्तवले भने, ‘उनी दुई जना पीएसओजसँगै यहाँबाट गइसकेका छन् ।’