मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार ०८:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग

योगमाया उपन्यासमा नाटक बन्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार ०८:३३:००

शताब्दीअघि दासप्रथा, सतीप्रथा, बालविवाह, छुवाछुत, थिचोमिचो र भेदभावजस्ता कुरीति, विसंगतिविरुद्ध आवाज उठाएकी योगमायाबारे नाटक बन्ने भएको छ । नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’लाई रंगमञ्चमा उतार्न लागिएको हो । उपन्यासले गत वर्षको मदन पुरस्कार पाएको थियो ।

उपन्यासको नाट्य रूपान्तरण र निर्देशन टंक चौलागाईंले गरेका छन् । उनीसमेत रंगमञ्चमा देखिनेछन् । नाटकलाई स्कुल थिएटर नेपाल र सांग्रिला फाउन्डेसनले प्रस्तुत गर्न लागेको हो । नाटकमा काठमाडौं प्रज्ञाकुञ्ज स्कुलको पनि सहभागिता छ । 

नाटकको रिहर्सल प्रज्ञाकुञ्ज स्कुलको परिसरमा भइरहेको छ । योगमायाको भूमिकामा कलाकार मिथिला शर्मा छिन् । राधा श्रेष्ठ, प्रभाकर न्यौपाने, प्रह्लाद खरेल, श्याम खड्का, प्रकेश सिन्धुलीय, राज न्यौपाने, सुरज तमु, दीपिका ढकाल, सुमन कुइँकेल, सरस्वती अधिकारी, सगुन पोखरेल, आकांक्षा जिसी, पुष्पराज अवस्थीलगायत कलाकारको पनि अभिनय हेर्न पाइनेछ । नाटकमा स्कुल थिएटरका बालकलाकारले पनि अभिनय गर्नेछन् । नाटक २४ जेठदेखि १६ असारसम्म शिल्पी थिएटर बत्तिसपुतलीमा मञ्चन हुनेछ ।