१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार ०८:२४:००
Read Time : < 1 मिनेट
सप्तरंग

कबड्डीको दोस्रो सिक्वेल घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार ०८:२४:००

कबड्डी फिल्मको दोस्रो सिक्वेल कबड्डी कबड्डी कबड्डी निर्माण हुने भएको छ । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्मको सोमबार राजधानीमा प्रेसमिट गरी घोषणा गरिएको हो । दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विल्सनविक्रम राई, अरुणा कार्की, विजय बराल, कमलमणि नेपाल, रिश्मा गुरुङ, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गर्ने फिल्मको निर्मातामा मणिराम पोखरेल, अर्जुन कार्कीलगायत छन् ।

अन्तरजातीय प्रेम र विवाहको खिचातानी प्रस्तुत गरिने फिल्मको कथा निर्देशक रामबाबु र उपेन्द्र सुब्बाले लेखेका हुन् । जेठ पहिलो साताबाट सुटिङ थालिने फिल्म तिजको अवसर पारेर प्रदर्शन हुन सक्ने निर्माण पक्षले जनाएको छ ।