मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिवाकर पन्त
२०७६ जेठ १ बुधबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ

यस सिजनको पहिलो टोली सगरमाथाको चुचुरोमा पुग्न सफल

Read Time : < 1 मिनेट
दिवाकर पन्त
२०७६ जेठ १ बुधबार ०७:५९:००

चालू सिजनको पहिलो टोली सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ । मंगलबार दिउँसो १ः४५ मा ८ सदस्यीय टोली सिजनको पहिलो सफल आरोहण गरेको सगरमाथा आधार शिविरमा रहेका सरकारी सूचना अधिकारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । आरोहणका लागि आवश्यक डोरी टाँग्न र बाटो बनाउन यो टोली सगरमाथाको चुचुरोमा पुगेको हो । सिजनको पहिलो टोलीका रूपमा शिखरसम्मको यात्रा निकै कठिन मानिने र यो सफल भएसँगै अब धमाधम अन्य आरोही क्रमशः शिखरतर्फ लाग्ने उनले बताए । 

पहिलो सिजनको पहिलो आरोही

सिद्धबहादुर लामाको नेतृत्वमा पासदावा शेर्पा, दोर्जी ग्याल्जेन शेर्पा, पासाङदावा शेर्पा, दावानोर्बु शेर्पा, मिङदोर्जे शेर्पा, आङफुर्वा शेर्पा, साङ्बु भोटे लामाको टोलीले सगरमाथा आरोहण गरेका हुन् । यो टोलीले सगरमाथा क्याम्प टूदेखि शिखरसम्म आरोणको प्राथमिक पूर्वाधार निर्माण गर्छ । उच्च हिमाली क्षेत्रको मौसम अनुकूल हुनेबित्तिकै आरोही शिखरतर्फ जाने सूचना अधिकारी श्रेष्ठले बताए । यो वर्ष ३ सय ७८ जना आरोहीले सगरमाथा आरोहणको अनुमति पर्यटन विभागबाट लिएका छन् ।  
हरेक वर्ष सगरमाथा आरोहण सामान्यतया मे महिनाबाट सुरु हुन्छ । आरोहणको पहिलो दलले टुप्पोसम्म डोरी टाँग्ने र बाटो यकिन गर्ने काम गर्छ । त्यसका लागि निश्चित कम्पनीलाई जिम्मा दिइन्छ । यसपटक हिमालयन गाइड नेपालले यस्तो जिम्मा पाएको थियो । आरोहणको थालनी गर्ने यस्तो टोलीमा शेर्पा समुदायको बढी सहभागिता हुने पर्यटन व्यवसायीको भनाइ छ । आरोहणमा लामो समयको अनुभव भएका आरोही (आसफल डाक्टर)को अनुभवले हरेक वर्ष आरोहणको ढोका खोल्ने गर्छ ।