मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार ०७:२०:००
Read Time : < 1 मिनेट
सेयर बजार

१ अर्ब नाघ्यो कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार ०७:२०:००

मंगलबार नेप्से परिसूचक १ दशमलव शून्य ८ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । यस दिन १ अर्बभन्दा बढी रकमको सेयर खरिद–बिक्री भएको छ । सोमबार नेप्से परिसूचक बढेर १ हजार ३ सयको मनोवैज्ञानिक बिन्दुभन्दा माथि बजार बन्द भएपछि लगानीकर्ताको मनोबल बढेको छ । वैशाखको अन्तिम दिन भएका कारण अधिकांश कम्पनीहरूले वित्तीय विवरण प्रकाशित गरेका छन् । सोही विवरणका आधारमा लगानीकर्ताले सेयर खरिदको नयाँ रणनीति बनाई बजार प्रवेश गरेको एक ब्रोकरले बताए ।  

मंगलबार नेप्से परिसूचक १४ दशमलव १२ अंक बढेर १ हजार ३ सय १५ दशमलव ४५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ५० अंक बढेर २ सय ७९ दशमलव ७४ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन १ दशमलव शून्य ४ अंक र सेन्सेटभि फ्लोट इन्डेक्स शून्य दशमलव ६२ अंक बढेको छ । यस दिन १ सय ७० कम्पनीको ९ हजार ९ सय १९ पटकको कारोबारमा १ अर्ब ३ करोड ७२ लाख ५८ हजार रुपैयाँबराबरको ३१ लाख ६६ हजार ४ सय ६७ कित्ता सेयर खरिद–बिक्री भएको छ ।