मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७६ जेठ १ बुधबार ०७:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

१९ पहाडी  जिल्लामा सहसचिव र एसपी खटाउने सरकारकाे तयारी 

यी जिल्लामा सहसचिव र एसपी : पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरा

Read Time : < 1 मिनेट
२०७६ जेठ १ बुधबार ०७:०७:००

सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । ती जिल्लामा हाल उपसचिव प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रमुख रहेका छन् ।

हाल ४२ जिल्लामा सहसचिव तथा ३५ जिल्लामा सिडिओको उपसचिव दरबन्दी छ । त्यस्तै, दुई जिल्लामा एसएसपी, ४० जिल्लामा एसपी र ३५ जिल्लामा डिएसपी जिल्ला प्रहरी प्रमुख रहेका छन् । अब ६१ जिल्लामा सहसचिवलाई सिडिओ र ५९ जिल्ला एसपीलाई खटाउन लागिएको छ । 

यी जिल्लामा सहसचिव र एसपी

पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरा

सहसचिवको दरबन्दी स्वीकृत भएपछि एसपी पनि खटाइने

१९ सहसचिवको दरबन्दी स्वीकृत भएपछि प्रहरीबाट एसपीलाई खटाउने गृहको तयारी छ । साबिकमा र हाल दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लामा सहसचिव र एसपीलाई खटाउन लागिएको गृहका सहसचिव केदारनाथ शर्माले बताए ।  विगतमा तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्र सहसचिव र एसपी खटाउने निर्णय भएको थियो ।