१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका
२०७६ बैशाख ३१ मंगलबार १५:०६:००
Read Time : < 1 मिनेट
समाचार

गत चत्रैदेखि बाह्र सय हेक्टर वनमा डढेलो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ३१ मंगलबार १५:०६:००

कञ्चनपुरको चुरे क्षेत्रमा रहेको करिव बाह्र सय हेक्टर वन क्षेत्रमा आगो लागेको छ । भिमदत्त नगरपालिका र बेदकोट नगरपालिकाको उत्तर चुरे क्षेत्रमा गत चैत महिनादेखि डढेलो लागेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

नगरपालिकाको ब्रह्मदेवदेखि बेदकोट नगरपालिकाको बेदकोट क्षेत्रमा पर्ने राष्ट्रिय वनमा लागेको डढेलोले पर्यावरणमा क्षति पुगेको डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर शिवराज अवस्थीले जानकारी दिए । कञ्चनपुरमा ७८ हजार ७ सय ९७ हेक्टर कूल वन क्षेत्र रहेको छ । “अहिलेसम्मको तथ्याङ्क हेर्दा सामुदायिक र राष्ट्रिय वनमा गरी बाह्र सय वनमा डढेलो लागेको देखिन्छ”, रेञ्जर अवस्थीले भने, “वन कर्मचारी र उपभोक्ता डढेलो नियन्त्रणमा खटिएका छन् ।”

डढेलो नियन्त्रणका लागि नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र दक्षिण क्षेत्रको बेलौरी नगरपालिकाका केही वडामा डढेलो नियन्त्रण सामग्री उपलब्ध गराइएको छ । “भौगोलिक विकटताका कारण पनि गतसाता डढेलो नियन्त्रण बाहिर रह्यो”, उनले भने, “अहिले आगो नियन्त्रणमा आइसकेको छ ।” 

डढेलो नियन्त्रण गर्न सेना, प्रहरीको टोलीसमेत केही दिन चुरे क्षेत्रमा खटिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा केही समयअघि लागेको डढेलो नियन्त्रण भइसकेको छ । कञ्चनपुरमा एक सय ३९ वटा सामुदायिक वन रहेका छन् । रासस