Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नया पत्रिका
२०७६ बैशाख ३१ मंगलबार १३:१४:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसले संसदमा भन्यो, ‘प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता लैजाउ’

Read Time : < 1 मिनेट
नया पत्रिका
२०७६ बैशाख ३१ मंगलबार १३:१४:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक ल्याएको भन्दै आपत्ती जनाएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभुति गर्छु भन्ने सरकारले विधेयक ल्याउँदा मौलिक अधिकारलाई कुण्ठित गरेको बताए ।

संविधानको प्रावधान विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको आरोप लगाए । संविधानको धारा १७ को १ क मा विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र संचारको हक पनि राखिएको उल्लेख गर्दे उनले सरकार सो प्रावधान विपरित गएको बताए । सरकारले ल्याएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र बैचारिक स्वतन्त्रता कुण्ठित पार्छ,’ उनले भने, ‘त्यसैले यो फर्काएर लैजानुहोस् भन्ने हाम्रो आग्रह छ ।’

मानवअधिकारको स्वायक्तता र स्वतन्त्रता खण्डित गर्ने खालको मानवअधिकार विधेयकलाई पनि फिर्ता लैजान उनले माग गरे ।