मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ बैशाख ३१ मंगलबार ०८:३४:००
Read Time : < 1 मिनेट
सप्तरंग

लिक भयो हाउसफुल–४ को कथा

Read Time : < 1 मिनेट
२०७६ बैशाख ३१ मंगलबार ०८:३४:००

हाउसफुल फ्रेन्चाइजीको चौथो फिल्म हाउसफुल–४ को कथा लिक भएको छ । भारतीय मिडियामा आएको खबरअनुसार हाउसफुल–४ पुनर्जन्ममा आधारित छ । फिल्ममा अक्षय कुमार र बबी देओलको दुई जन्म देखाइएको छ ।

फिल्मको मध्यान्तरभन्दा पहिलेको कथा १६औँ शताब्दीको छ, जहाँ अक्षय त्यो समयमा राजा हुन्छन् । उनी फरक–फरक अनुहारमा देखिनेछन् । बबीलाई दरबारको भारदारको भूमिकामा देख्न सकिने बताइएको छ । त्यस्तै, नवाजुद्दिन सिद्दिकी बाबाको भूमिकामा छन् ।

नवाजको भूमिकाकै कारण फिल्म हाउसफुल–४ को कथामा ट्विस्ट आउनेछ । ‘मिटु अभियान’का क्रममा निर्देशक साजिद खान र अभिनेता नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लागेका कारण उनीहरूलाई यो फिल्मबाट ‘आउट’ गरियो । फिल्ममा नानालाई भनिएको भूमिकामा राणा दाग्गुबतीलाई अभिनय गराइएको छ ।