मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोजर कोहेन
२०७६ बैशाख ३१ मंगलबार ०८:२३:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

डोनाल्ड ट्रम्प नयाँ अमेरिकी क्रान्तिका अनुहार

Read Time : > 3 मिनेट
रोजर कोहेन
२०७६ बैशाख ३१ मंगलबार ०८:२३:००

के डोनाल्ड ट्रम्प पथभ्रष्ट नेता हुन् ? त्यसो हो भने अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा जो बाइडेन उनीविरुद्ध खडा गर्न सकिने सबैभन्दा उपयुक्त उम्मेदवार हुन् । तर, मेरो विचारमा ट्रम्प पथभ्रष्ट नभएर डाबोसको मूल्य बोकेका पार्टीविरुद्ध, एलिटको सञ्जालविरुद्ध जारी क्रान्तिका अनुहार मात्र हुन् । ट्रम्प आफैँ त्यस क्रान्तिप्रति इमानदार नहोलान्, तर धेरै अमेरिकीले उनलाई त्यसको नेता ठानेका छन् ।

ट्रम्पको प्रतिभा भनेको धनाढ्य र वर्षौंदेखि दृश्यमा रहेर पनि २१औँ शताब्दीमा बेवास्तामा पारिएका वर्गका प्रतिनिधि हुनुमा देखिन्छ । यदि मानिस आफूलाई मूल्यहीन ठान्छन्, परित्यक्त ठान्छन् । धनमा मात्र होइन, पहिचानमा पनि असमान रहेको महसुस गर्छन् अनि तिनको आवाजलाई सर्वज्ञ हुने कुलीनद्वारा निस्तेज बनाइएको ठान्छन् भने तिनले बोलिदिने प्रतिनिधि खोजिरहेका हुन्छन् । जो–कसैले तिनको भाषा बोल्थे, तिनको जित सुचिश्चित हुन्थ्यो । स्टिभ ब्याननले त्यो सम्भावना देखे । ट्रम्पले त्यसैलाई ठम्याए र जित हासिल गरे । ट्रम्प आफैँले कुनै आन्दोलन सिर्जना गरेर निर्वाचन जितेका होइनन्, बरु धरातलको आक्रोश बुझेर मिडियामार्फत तिनलाई आवाज दिँदै निर्वाचन जितेका हुन् । 

फेरि अमेरिकामा हाल जारी क्रान्ति अमेरिकी परिघटना पनि होइन । यो निकै बृहद् छ । यसको पहिलो स्पष्ट अभियव्यक्ति ट्रम्पको जितभन्दा पनि पहिले ब्रिटेन युरोपेली संघबाट बाहिरिँदा देखियो । क्रान्ति अहिले पनि यसको पहिलो इनिङको शिखरमा छ र यसको राजनीतिक, आर्थिक र सांस्कृतिक पक्ष छन् । यसलाई भय र राष्ट्रवाद नामका दुई जुम्ल्याहा आक्रोशले निर्देशित गरिरहेको छ ।

मानिसको बाँच्ने, सोच्ने र तिनको राजनीतिलाई अघि बढाउने तरिकामा आमूल परिवर्तन हुने खालको एक मानसिक आन्दोलन जारी थियो । संसार ठ्याक्कै कुन दिशामा बढिरहेको छ भन्ने निश्चित नभए पनि एउटा दिशामा अघि बढिरहेको छ । गति फेरि संसारको रीत नै हो । यसैले अब पुरानो तरिकाले काम गर्दैन । डेमोक्रेटिक पार्टीबाट छानिनका लागि उम्मेदवारी दिएकामध्ये हाल मत सर्भेक्षणमा बाइडन अग्रस्थानमा छन् । बाइडनको उल्लेखनीय पक्ष उनी अमेरिकी मूल्यको प्रतिरक्षामा उत्रिहाल्छन् । त्यस अर्थमा म उनको प्रशंसा गर्छु । तर, बाइडेन पुरानो पक्षको प्रतिनिधित्व गर्छन् । त्यस अर्थमा उनको उम्मेदवारी पुरानो समयको प्रतिरक्षा गर्न र क्रान्तिलाई उल्ट्याउन अघि सारिएका पात्र ठहरिनेछन् । 

पेन्सिल्भियाको निम्नवर्गीय परिवारमा हुर्किएका भए पनि हाल बाइडेन डावोसको मूल्य बोक्ने पार्टीको निष्ठावान् सेवकका रूपमा बदलिएका छन् । डावोसको मूल्यको प्रतिनिधित्व गर्ने डेमोक्रेटिक पार्टीभित्रको हिस्सालाई सन् २००८ को आर्थिकमन्दीका लागि जिम्मेवार वित्त अधिकारीलाई कारबाही नगरेको, असमानता बढाउन सघाएको, चीनलाई रिझाउने र कामकाजी वर्गबाट कटेको आरोप लाग्ने गर्छ । हाल कुरा चपाएर शिष्ट भाषा बोल्नेभन्दा मनमा जे आयो त्यही बोल्ने राजनीति हावी छ । यसले उनलाई हानि गर्नेछ । यो राजनीतिले सम्मानभन्दा कठोरतालाई पुरस्कृत गर्छ ।

बाइडेनले चीनबारे हालसालै अमेरिकी कुुलीनले बोल्ने उद्दरण प्रस्तुत गरे । चीनबारे र अमेरिका–चीन सम्बन्धबारे बोल्दै उनले भने, ‘ती खराब छैनन् र ती हाम्रा प्रतिस्पर्धी पनि होइनन् ।’ बाइडेनको भनाइलाई बर्नी स्यान्डर्सले तत्कालै प्रतिवाद गरे । उनले सन् २००० मा चीनसँग गरेको व्यापार सम्झौताका कारण अमेरिकाका ३० लाख अमेरिकी श्रमिकले रोजगारी गुमाइसकेको तथ्य प्रस्तुत गरे । ‘चीन हाम्रो प्रमुख आर्थिक प्रतिस्पर्धी होइन भनेर सोच्नु गलत हो’, स्यान्डर्सले भने । 

आर्थिक रूपमा मात्र होइन, मेरो विचारमा चीन यो शताब्दीको दोस्रो भागमा विश्वलाई शासन गर्ने बाटोमा छ । यदि अमेरिकीले आफ्ना सन्तान त्यस्तो संसारमा बाँचेको हेर्न चाहँदैनन् भने हामीले ‘अमेरिकाका लागि चीन प्रतिस्पर्धी होइन’ भन्ने गलत प्रस्थान बिन्दु परित्याग गर्नुपर्छ । यो अल्छी सोच हो । यही सोचका कारण विगत दशकमा उदारवादी केन्द्रलाई असर ग-यो । क्रान्तिले कहाँ पु-याउँछ भन्ने पाठका लागि युरोपलाई हेर्न सकिन्छ । इटालीका दक्षिणपन्थी, आप्रवासी–विरोधी उप–प्रधानमन्त्री म्याटियो साल्भिनीको लोकप्रियता बढ्दो छ ।

ट्रम्पको प्रतिभा भनेको धनाढ्य र वर्षौदेखि दृश्यमा रहेर पनि २१औँ शताब्दीमा बेवास्तामा पारिएका वर्गको प्रतिनिधि हुनुमा देखिन्छ । यदि मानिस आफूलाई मूल्यहीन ठान्छन्, परित्यक्त ठान्छन्, धनमा मात्र होइन पहिचानमा पनि असमान रहेको महसुस गर्छन् अनि तिनको आवाजलाई सर्वज्ञ हुने कुलीनद्वारा निस्तेज बनाइएको ठान्छन् भने तिनले बोलिदिने प्रतिनिधि खोजिरहेका हुन्छन् ।
 

अप्रिल २८ मा स्पेनमा भएको निर्वाचनमा सोसलिस्ट पार्टी विजयी भए पनि भिओएक्स पार्टीले नसोचेको १० दशमलव ३ प्रतिशत मत ल्याएर संसद् प्रवेश ग-यो । तानाशाह फ्यांकोको निधनपछि स्पेनको राजनीतिक बहसमा उग्र दक्षिणपन्थी विचारधारा र पार्टी वर्जितजस्तै थियो । भिओएक्सको विजयले उग्र दक्षिणपन्थ स्पेनको राजनीतिको मूलधारमा पुनः प्रवेश गरेको छ । भिओएक्सका नेता स्यान्टियागो अबास्कल आप्रवासनको उग्र विरोध गर्छन् । तर, उनी स्पेनको संस्कृति बन्न पुगेको साढे जुधाइको बलियो प्रतिरक्षा गर्छन् । यी दुई कुराले वर्तमान पश्चिमी राजनीतिको समग्रतामा एकदमै सटिक संष्लेषण गर्छ ।

 फ्रान्सका नवोदित राष्ट्रपति इम्यानुयल म्याक्रोन कार्यकालको प्रारम्भमा देवताजस्तो कसैले पनि छुन नसकिनेजस्ता देखिन्थे । तर, पेट्रोलियम पदार्थमा प्रस्ताव गरेको करले ‘एल्लो भेस्ट’ अभियान सुरु गरायो । कर प्रस्ताव गर्दा म्याक्रोनले कर रकम पेट्रोलियम उपयोग घटाउन सहायक हुने बताएका थिए । साथै, उनले करबाट उठेको रकम नविकरणीय ऊर्जाको अनुसन्धानमा प्रयोग हुने पनि आशा देखाएका थिए । तर, म्याक्रोले मध्यम वर्गमाथि आर्थिक भार पारेर ग्रह संरक्षणबारे सोचिरहँदा त्यो वर्ग भने अर्को महिनाको गर्जो कसरी टार्ने अवस्थामा पुगेको थियो ।

लामो समय पेरिसका सडक तातेपछि आक्रोशलाई मत्थर पार्नका लागि म्याक्रोनले मतदाताको कुरा सुन्ने भन्दै तीन महिने ‘ग्रेट नेसनल डिबेट’को आह्वान गरे । बहसबाट न्यून कर र थप ‘मानवीयता’को आवश्यकताको पहिचान भएको छ । यस्तो सुनुवाइ महŒवपूर्ण हुन्छ । ट्रम्प यही स्थानमा पहिले पुगेका थिए । त्यसैले अघिल्लो निर्वाचनमा उनले धरातलका मानिसको असन्तोष हिलारी क्लिन्टनले भन्दा ध्यान दिएर सुने । ट्रम्प पथभ्रष्ट नभएकाले उनलाई पुरानो प्रतिनिधिले जित्न सक्दैन । उनलाई पराजित गर्ने हो भने नविनताको आवश्यकता छ । 

(पत्रकार तथा लेखक रोजर कोहेन द न्युयोर्क टाइम्सका स्तम्भकार हुन्)