Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
मनीष खड्का
२०७६ बैशाख ३१ मंगलबार ०८:१९:००
Read Time : < 1 मिनेट
समाचार

यार्सा टिप्न विद्यालय बन्द

Read Time : < 1 मिनेट
मनीष खड्का
२०७६ बैशाख ३१ मंगलबार ०८:१९:००

यार्सा टिप्ने सिजन सुरु भएपछि पुथाउत्तरगंगा गाउँपालिकाका सामुदायिक विद्यालय बन्द भएका छन् । शिक्षक तथा विद्यार्थी यार्सा टिप्न गएपछि गाउँपालिका क्षेत्रका विद्यालय दुई महिनाका लागि बन्द भएका हुन् । यार्सा सिजन सकिएपछि असार दोस्रो सातादेखि मात्र विद्यालय खुल्ने पुथा हिमालय माविका सदस्य भरतकुमार पुनले जानकारी दिए । विषेशगरी १ देखि ६ वडाका सबैजसो विद्यालय यार्सा सिजनमा बन्द हुने गर्छन् । गाउँपालिकाको वडा नम्बर–१ मा दुई, २ मा पाँच, ३ मा एक, चारमा दुई, पाँचमा तीन र ६ मा दुई गरी १५ वटा विद्यालय छन् । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नै विद्यालय बन्द गरिएको पुनले बताए ।

‘शिक्षक तथा विद्यार्थी पनि यार्सा टिप्न पाटनतिर जान्छन्,’ उनले भने, ‘यार्सा सिजनमा विद्यालय खाली हुने भएकाले हामीले विद्यालय व्यवस्थापन समितिको बैठकबाटै विद्यालय बन्दको निर्णय गर्ने गरेका हौँ । ६ वडाका १५ वटा विद्यालयमा करिब तीन हजार विद्यार्थी अध्ययनरत छन् । यार्सा टिप्नका लागि विद्यालय बन्द गरिए पनि यार्सा पालन भने खुला गरिएको छैन । अहिले यार्साको सुरक्षाका लागि भन्दै करिब ६ सय युवा बुकीपाटन पुगेका छन् । यो वर्ष बढी हिमपात भएका कारण जेठ तेस्रो साताबाट यार्सा खुला गर्ने यार्सा व्यवस्थापन समितिको तयारी छ । समितिले यार्सा खुला गर्नुभन्दा एक महिनाअगाडि नै विद्यालय बन्द गरिएको हो । 

यार्सा व्यवस्थापन समितिले यार्सा खुला गर्नुभन्दा अगाडि हरेक वर्ष यार्साको सुरक्षार्थ हेरालु खटाउने गरेको छ । गाउँपालिकाको १ र २ नम्बर वडाबाट हरेक वर्ष ६ सयको हाराहारीमा हेरालु पाटन पुग्ने गर्छन् । एक घर एक हेरालु पाटन जाने गरेका छन् ।