मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ३१ मंगलबार ०८:०९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्तो छ फुटबलर विराज महर्जनको फिटनेस सूत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ३१ मंगलबार ०८:०९:००

विराज महर्जन नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान हुन् । करिब ११ वर्षअघि राष्ट्रिय टिममा डेब्यु गरेका उनी हालसम्म सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडी बनेका छन् । रक्षापंक्तिबाट खेल्ने २९ वर्षीय विराजले नेपालका लागि ७१ क्याप जितिसकेका छन् । १० वर्षको उमेरदेखि फुटबल खेल्न थालेका विराज फुटबलमा सफल हुन जीवनशैली निकै चनाखो हुनुपर्ने बताउँछन् ।आफ्नो फिटनेस सूत्रबारे उनले भने :

सन्तुलित भोजन 
स्वस्थ रहन खानपानमा विशेष ध्यान दिने गरेको छु । खेलका लागि दैनिकजसो अभ्यास गर्नुपर्ने भएकाले सन्तुलित आहार एकदमै आवश्यक ठान्छु । बिहानको खाजामा ब्रेड, अन्डा र ससेज खाने गरेको छु । त्यस्तै, बिहान र बेलुकाको खानामा जुस र फलफूल अनिवार्य समावेश गर्छु । दिनभर खेल्नका लागि आवश्यक इनर्जी प्राप्त गर्न फलफूलको जुस खाने गर्छु । 
 
नियमित अभ्यास
खेलका लागि अभ्यास महत्वपूर्ण   पाटो हो । त्यसैले, मेरो दैनिक अधिकांश समय अभ्यास गरेरै बित्ने गर्छ । टिमभित्रै रहेर दैनिक एकदेखि डेढ घन्टासम्म दौडमा भाग लिन्छु । विशेषगरी, अवस्था हेरेर खेलको समयमा तालिका बनाएरै अन्य विभिन्न व्यायाम गरिन्छ । 
 
जिम 
खेलका लागि मांसपेशी बलियो बनाउन जिम गर्न आवश्यक छ । जिम कति समय वा कहिले गर्ने भन्ने यकिन हँुदैन । तर, सकभर जान्छु । त्यहाँ सुरुमा हलुका र बिस्तारै गह्रुंगो लोड उठाउन लगाइन्छ, जुन हप्ताको दुई दिन जति हुन्छ । 
 
विभिन्न खेल
फुटबल मात्र होइन, शारीरिक तन्दुरुस्तीका लागि जुनसुकै खेल खेल्न अनिवार्य छ । त्यसैले, फुर्सदको समयमा वा साथीभाइ जम्मा भएको वेला अन्य विभिन्न खेल खेल्छु । टेबुलटेनिस, भलिबल, बास्केटबल, एथ्लेटिक्सजस्ता खेल खेलिन्छ । जसले थप फिट बनाउनुका साथै रमाइलोसमेत महसुस गराउँछ ।

मदिराबाट टाढा रहन्छु
शरीरमा पानीको मात्रा कमी हुन नदिन म दैनिक तीनदेखि चार लिटर पानी पिउने गर्छु । त्यस्तै, इलेक्ट्रोलाइट्स ड्रिंक्स लिने गरेको छु । चिल्लो, अमिलो, बोसो भएका खानेकुरा, बंगुरको मासु र मदिराजन्य पदार्थबाट टाढा बस्छु ।