Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ३० सोमबार १६:१७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्ता छन् हरियो खुर्सानीका १० फाइदा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ३० सोमबार १६:१७:००

विभिन्न अध्ययनले हरियो खुर्सानीका थुप्रै फाइदा औल्याएका छन् । मात्रा मिलाएर खाने हो भने हरियो खुर्सानी स्वास्थ्यका लागि निकै लाभदायक रहेको ती अध्ययनको निश्कर्ष छ । 

यस्तै एक अध्ययनमा आधारित रहेर एनडीटीभीले प्रकाशन गरेको एक सामाग्रीमा हरियो खुर्सानीका यस्ता १० फाइदा उल्लेख छ ।

– हरियो खुर्सानीले रोग प्रतिरोधी क्षमता बढाउनुका साथै समग्रमा स्फुर्त राख्न मद्दत गर्छ ।

– यसले नाकको रक्तसन्चारलाई सहज बनाउने हुँदा रुघा, पिनासबाट जोगिन मद्दत पुग्छ ।

– यसले शरीरमा गर्मी उत्पन्न गराउने हुँदा कुनै पनि प्रकारका दुखाईमा कमी आउँछ ।   

– शरीरलाई आवश्यक भिटामिन सी’को परिपूर्ति गर्छ ।

– यसले इन्डोर्फिन रसायन उत्पन्न गराई इन्जाइमलाई बढाउँछ, जसले मानिसको परिवर्तित भइरहने स्वभावमाथि नियन्त्रण गर्छ । 

– हरियो खुर्सानी ब्लड सुगरका विरामीका लागि त अत्यन्त लाभदायक छ । यसले शरीरमा ब्लड सुगरको मात्रालाई सन्तुलनमा राख्न ठूलो मद्दत पु-याउँछ । 

– आइरनको कर्मी परिपूर्तिका साथै आँखा पनि तेजिलो बनाउन सहयोग पुग्छ ।

– छालासँग सम्बन्धित संक्रमण रोक्न सहयोग पु-याउँछ । 

– घाउबाट हुने रक्तश्राव रोक्न सघाउँछ । 

– हरियो खुर्सानीमा पर्याप्तमात्रामा बेटा क्यारोटिन भनिने एन्टिअक्सिडेन्ट हुने भएकाले ह्रृदयसँग सम्बन्धित प्रणालीलाई चुस्त राख्छ ।