मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख ३० सोमबार १३:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग

प्रतिद्वन्द्वीबारे थाहा पाएको भए सनी देवललाई चुनाव उठ्न दिन्थेनन् धर्मेन्द्र 

Read Time : < 1 मिनेट
२०७६ बैशाख ३० सोमबार १३:२०:००

बलिउडका एक जमानाका हस्ती तथा पूर्वसांसद धर्मेन्द्रले प्रतिद्वन्द्वीबारे थाहा पाएको भए सनी देवललाई चुनाव उठ्न अनुमति नदिने खुलासा गरेका छन् । 

भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरी पन्जावको गुरदासपुरबाट लोकसभा चुनाव लडिरहेका सनीको प्रतिद्वन्द्वी कांग्रेसका बहालवाला सांसद सुनील जाखर छन् । 

‘बलराम जाखर मेरो दाई जस्तै थिए । यदि उनका छोरा सुनील त्यस क्षेत्रबाट चुनाव लड्दै छन् भन्ने थाहा पाएको भए मैले सनीलाई चुनाव उठ्ने अनुमति दिन्थिन,’ ८३ वर्षे अभिनेताले भने । 

चुनावी अभियानका क्रममा गुरदासपुर पुगेका धर्मेन्द्रले सनीजस्तो राजनीतिमा नवप्रवेशीले जाखर जस्तो अनुभवी राजनीतिज्ञसँग बहस गर्न नसक्नेसमेत बताए ।

‘सनीले सुनील जस्तो अनुभवी राजनीतिज्ञसँग बहस गर्न सक्दैन । उनका पिता त झनै खारिएका राजनीतिज्ञ थिए । हामी सिने क्षेत्रबाट आएका हौ । हामी यहाँ बहस गर्नभन्दा पनि जनताका समस्या सुन्न र यो धर्तीलाई माया गर्न आएका हौ,’ धर्मेन्द्रको भनाइ छ ।