मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १३ शुक्रबार ०७:१०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्ता छन् विश्वच्याम्पियन महेश्वरका फिटनेस सूत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १३ शुक्रबार ०७:१०:००

थाइल्यान्डमा हालै सम्पन्न १०औँ विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस् च्याम्पियनसिपमा नेपालका बडीबिल्डर महेश्वर महर्जनले स्वर्ण पदक जिते । शारीरिक सुगठनमा यो नेपालले प्राप्त गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सफलता हो । ०५४ सालमा स्कुल पढ्दादेखि नै शारीरिक व्यायाम (सुगठन) सुरु गरेका महेश्वर हाल ३६ वर्ष पुगिसके । उनी शारीरिक रूपमा फिट छन् । फिट भएकै कारण उनी शारीरिक सुगठनजस्तो शारीरिक रूपमा पूर्णतः फिट हुनुपर्ने खेलमा च्याम्पियन बन्न सकेका हुन् । यसै सन्दर्भमा नयाँ पत्रिकाले महेश्वरलाई आफ्नो फिटनेस टिप्स बताउन आग्रह ग-यो । उनले बताए :

 डाइट : प्रत्येक मानिसको शरीर फरक–फरक हुने भएकाले आवश्यकता पनि फरक हुने गर्छ । त्यसमा पनि खेलाडी भएपछि आममानिससरह सामान्य रूपमा फिट रहनु पर्याप्त हँुदैन । एउटा बडीबिल्डरको हिसाबले क्लिन र हाइजेनिक डाइट आवश्यक हुन्छ । म कुखुराको मासु, फलफूल, उसिनेको अन्डा, रातो चिउरा, सागपात र नटहरू खाने गर्छु । खेलको समयमा चिल्लो, पिरो, भात र नुन आदि खान्नँ । यसले खेलको समयमा शरीर सन्तुलनमा राख्न मद्दत गर्छ ।

जिम : म खेलको समयमा दैनिक आठ घन्टा जिम गर्छु । मैले लामो समय फिटनेसको क्षेत्रमा काम गरिसकेको छु । आफैँ पनि जिम सेन्टर सञ्चालक हुँ । नियमित जिम गर्दा आफूलाई चाहिएको आकारमा शरीर मेन्टेन गर्न सकिन्छ । 

व्यायाम : फुर्सदको समयमा म व्यायामसमेत गर्ने गर्छु । प्रत्येक दिन बिहान दौडिएपछि घरमै आएर व्यायाम गर्छु । खाना खाँदा पाइने क्यालोरीको मात्रालाई शरीरमा सन्तुलित बनाउन दैनिक व्यायाम
गर्न आवश्यक छ ।

अभ्यास : खेलमा सफल हुन अभ्यास गर्न जरुरी छ । यसले खेलकौशलसँगै आत्मविश्वास पनि बढाउने काम गर्छ । म दैनिक दुई घन्टा खेलको अभ्यास गर्ने गर्छु । जसले मलाई फिट रहन थप
सहयोग गरेको छ ।
खेलकुद : बडीबिल्डङबाहेक साइक्लिङ, स्केटिङ, दौडजस्ता खेल खेल्ने गर्छु । यसले मेरोखेल (शारीरिक सुगठन)लाईसपोर्ट पु-याउँछ ।