मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विदुर पौडेल
२०७६ बैशाख ३० सोमबार ०७:४०:००
Read Time : > 1 मिनेट
प्रदेश

विदेशबाट श्रीमान् फर्काउन ढाका उद्यममा महिला

Read Time : > 1 मिनेट
विदुर पौडेल
२०७६ बैशाख ३० सोमबार ०७:४०:००

कमलामाई नगरपालिकाका महिला ढाका उद्यममा लागेका छन् । विदेश गएका श्रीमान्लाई स्वदेश फर्काउन गाउँघरमै ढाका उद्योग सञ्चालन गरेको महिलाले बताएका छन् । विदेशमा भन्दा स्वदेशमै धेरै आम्दानी हुन थालेपछि श्रीमान् बाध्य भएर स्वदेश फर्कने ढाका उद्यमी मीना लामाले बताइन् । ‘अहिले यस क्षेत्रका महिलाको अभियान नै श्रीमान् स्वदेश फर्काउने बनेको छ’ उनले भनिन् ‘युवाले विदेशमा जति समय श्रम गर्छन् त्यति नै यहाँ गर्ने हो भने परिवारका साथमा बसेर मासिक २५/३० हजार कमाउन गाह्रो छैन ।’ नेपाल आएपछि काम गर्न लजाउने गरेकाले समस्या भएको उनको भनाइ छ ।

एक वर्षदेखि ढाका उद्यमीका रूपमा काम गर्दै आएकी कमलामाई नगरपालिका–८ की निर्मला नेपाली आफूले विदेशमा वस्ने युवाले भन्दा बढी स्वदेशमै कमाएको बताउँछिन् । बिहान–बेलुका घरको काम गरेर, छोराछोरी हेरेर दिउँसो फुर्सदको समयमा काम गर्दा पनि महिनाको २४/२५ हजार सजिलै कमाउने गरेको उनले स्मरण गरिन् । उनले भनिन्– ‘करिब १८ घन्टामा एउटा सारी तयार हुन्छ । दिनको पाँचदेखि सातवटा टोपी, दुईवटा सल र दैनिक १५ वटा रुमाल तयार गर्न सकिन्छ ।’ पाँच वर्षदेखि ढाकाको काम गर्दै आएकी विनिया परिवार पनि मासिक २५/३० हजार कमाउन समस्या नभएको बताउँछिन् । करिब ५० जना महिला ढाकाको काममा लागेको विनिताले बताइन् । 

बिक्रीको जिम्मा नगरपालिकाले लिने
केन्द्र खोलेर बिक्री–वितरणको व्यवस्था मिलाउनेसमेत उनले जानकारी दिए । उद्यमीको उत्पादन बिक्री नभएमा स्थानीय तहले नै खरिद गर्ने गरी तयारी गरिएको उनले बताए । ‘उत्पादनले बजार पाउँदैन कि भन्ने कुनै शंका छैन । यदि उत्पादन भएर बिक्री भएन भने सबै उत्पादन कमलामाई नगरपालिकाले खरिद गर्ने तयारी छ’ खत्रीले भने । 

उत्पादन धेरै भए नगरपालिकामातहतका कार्यालयका कर्मचारीलाई राज्यले दिएको पोसाकभत्ताबापतको रकमबाट खरिद गरिने पोसाक नै ढाकाको बनाउने योजना रहेकोसमेत उनले बताए । ‘नगरक्षेत्रमा करिब पाँच सयजना कर्मचारी छन् । एक–एक जोर कपडा किन्दा पनि बजार व्यवस्थापनमा सहज हुन्छ ।’

बिक्रीको जिम्मा लिन्छौँ : उद्योग वाणिज्य संघ
उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र वैदारले जिल्लामा उत्पादित ढाका उद्योगले बजार पाउँदैन कि भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । ‘उद्यमीले उत्पादन गरेको ढाकाले बजार पाएन भने त्यसको बजार खोज्ने र व्यवस्थापन गर्ने जिम्मा उद्योग वाणिज्य संघले लिन्छ’ उनले भने ‘उत्पादन हुनुप-यो, गुणस्तर हुनुप-यो, बजारमा प्रतिस्पर्धा गर्ने सामान भएमा बिक्री हुँदैन भन्ने कुनै चिन्ता हुँदैन ।’ जिल्लामा उत्पादित ढाका अन्य जिल्लाको भन्दा करिब ५० प्रतिशत सस्तो र गुणस्तरमा कमी नभएकाले बजारको समस्या नभएको वैदारले बताए ।

‘एक घर, एक तान’ अभियान सञ्चालन गरिँदै
नगरपालिका कार्यालयले ‘एक घर, एक तान’ अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहलाई परिचित गराउने गरी ढाका–कपडा उत्पादन गर्न अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले बताए ।पहिलो चरणमा नगरपालिकाको वडा नम्बर–८ लाई पकेट क्षेत्रका रूपमा विकास गरी उत्पादन सुरु गरेको उनले बताए । हाल १३ वटा तानबाट २० जना उद्यमीले काम गरिरहेको खत्रीले बताए ।