Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार १७:५८:००
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएल सकेर सन्दीप लामिछाने नेपाल फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार १७:५८:००

भारतमा जारी १२ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी भएर लेग स्पिनर सन्दीप लामिछाने आइतबार नेपाल फर्केका छन् । आइपिएलमा उनले दिल्ली क्यापिटल्सबाट खेलेका थिए ।  

आइपिएलमा सन्दीपकाे टिम दोस्रो क्वालिफायरमा चेन्नई सुपर किङ्ससँग चार विकेटले पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो । चेन्नईसँग आफ्नो टिम पराजित भएर खेल सकिएसँगै उनी स्वदेश फर्किएका हुन् ।

यस सिजनमा भएको आइपिएलमा उनले ६ खेल खेलेका थिए । सो खेलबाट उनले ८ विकेट लिएका थिए । उनी आफ्नाे अन्तिम खेल विकेटविहीन भएका थिए ।