मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी 
२०७६ बैशाख २९ आइतबार १५:१९:००
Read Time : < 1 मिनेट
विश्व

बादलमा राडारले काम गर्दैन भन्ने अज्ञानी अभिव्यक्तिका कारण प्रधानमन्त्री मोदी बने उपहासको पात्र

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ बैशाख २९ आइतबार १५:१९:००

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो अज्ञानतका कारण फेरि एकपटक उपहासको पात्र बनेका छन् । बादल लागेको बेला राडारले काम गर्दैन भन्ने तथ्य र वैज्ञानिक रुपमा गलत अभिव्यक्ति दिएका कारण सामाजिक सन्जाल र सन्चारमाध्यममा उनी मजाकको पात्र बनेका हुन् ।

प्रसंग हो काश्मिर बालाकोटमा भारतीय बायुसेनाले गरेको एअर–स्ट्राइकको । केहीअघि पुलवामा हमलामा ४४ भारतीय सुरक्षाकर्मी मारिएपछि भारतले बालाकोटमा जवाफी हवाइ हमला गरेको थियो ।

सोही सन्दर्भमा उनले एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै भने, ‘छलफलकै क्रममा करिव रातिको १२ बजिसकेको थियो । सेनाका तर्फबाट हमलाको मिति सार्ने कि भन्ने कुरा आएको थियो । तर बादल लागेको थियो, पानी पनि परिरहेको थियो । मौसम खराब थियो । यस्तो मौसममा आक्रमण गर्न सकिन्थ्यो, सकिन्थेन अर्को कुरा । तर मैले सोंचे यतिखेरै आक्रमण गरियो भने पाकिस्तानी राडारले केही थाहा पाउने छैन । अनि मैले हमलाका लागि आदेश दिए ।’

अन्तर्वार्तामा आफूलाई गाली गर्ने ठूल्ठूला पण्डितले समेत यसबारेमा ध्यान नदिएको भन्दै उनीहरुको खिल्ली उडाउँदै मोदी हाँसेको देख्न सकिन्छ । जबकि, उनी आफै यो अभिव्यक्तिबाट मजाकको पात्र बनेका छन् । 

रक्षा विशेषज्ञ अजय शुक्लाले व्यङ्गात्मक ट्वीट गर्दै भनेका छन्, ‘भारतीय वायुसेनाका अधिकारी बालाकोट हवाइ हमला टार्न चाहन्थे । तर नरेन्द्र मोदी अपरेसन मामिलामा यस्ता विज्ञ निस्के, उनलाई लाग्यो कि बादलका कारण भारतीय वायुसेनालाई पाकिस्तानी भूमिमा घुस्न सजिलो हुन्छ । यस्ता व्यक्तिलाई प्रधानमन्त्री चुनेकोमा भारतीय जनताले लाजले शिर निहुराउनुपर्छ ।’