मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
गणेश लम्साल 
२०७५ मङ्सिर २८ शुक्रबार १४:४५:००
Read Time : < 1 मिनेट
प्रदेश

घरायसी विवादमा छोराद्वारा बाबुको हत्या 

Read Time : < 1 मिनेट
गणेश लम्साल 
२०७५ मङ्सिर २८ शुक्रबार १४:४५:००

विराटनगर महानगरपालिका १७ धुनिया बस्ती बस्ने २२ वर्षीय चुनु मण्डलले ५० वर्षीय बाबु शशि मण्डलको धारिलो हतियार प्रहार गरी बिहीबार राती हत्या गरेका हुन् । 

प्रहरीका अनुसार शशि मण्डलका जेठी श्रीमतीका छोरा २५ वर्षीया आकाश मण्डल र कान्छिका छोरा २२ वर्षीय चुनु मण्डल बीच घरायसी विादमा झगडा भएको थियो । सोही क्रममा झगडा मिलाउन आएका बाबु र दाजुलाई चुनुले धारिलो छुरा प्रहार गरेर घाइते बनाएका थिए । घाइते बाबु शशिको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको हो । घाइते दाजुको भने उपचार भइरहेको छ । 

चुनुलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भैरहेको मोरङ प्रहरीले जनाएको छ ।