मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार ०९:४९:००
Read Time : < 1 मिनेट
साहित्य

आठ स्रष्टा सम्मानित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार ०९:४९:००

श्री लूनकरणदास गंगादेवी चौधरी साहित्य–कला मन्दिरले आफ्नो रजत वर्षका अवसरमा आठ स्रष्टालाई सम्मान गरेको छ । 

गंगादेवी चौधरी स्मृति सम्मानबाट वरिष्ठ आख्यानकार श्रीमती पद्मावती सिंह सम्मानित भइन् । इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट मोदनाथ प्रश्रित, सरस्वती गद्य सम्मानबाट अच्युतरमण अधिकारी, नारायणगोपाल संगीत सम्मानबाट गणेश रसिक सम्मानित भए । त्यस्तै, अरनिको ललितकला सम्मानबाट किरण मानन्धर, बालकृष्ण सम रंग सम्मानबाट भुवन थापा चन्द, नेपाल नवप्रतिभा सम्मानबाट सृष्टि केसी सम्मानित भए । यो वर्षबाट दिन थालिएको गोपालप्रसाद रिमाल काव्य सम्मानबाट कवि दिनेश अधिकारी सम्मानित भए । गत वर्षसम्म सातवटा सम्मान प्रदान गर्दै आएको साहित्य–कला मन्दिरले यसपटकदेखि काव्य क्षेत्रका लागि मात्र प्रदान गरिने गरी ‘गोपालप्रसाद रिमाल काव्य सम्मान’ स्थापना गरेको हो । 

साहित्य–कला मन्दिरका अध्यक्ष वसन्त चौधरीले मन्दिरमा लामो समयदेखि विशिष्ट योगदान पुर्‍याउने कर्मचारी राजकुमार अधिकारी, कृष्णप्रसाद दीक्षित र राजकुमार गौतमलाई ३१ हजार एक रुपैयाँ नगद र प्रमाणपत्रसहित ‘दीर्घसेवा पुरस्कार’ प्रदान गरे ।