१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार ०८:५२:००
Read Time : < 1 मिनेट
राजनीति

गणतन्त्रले पनि आर्थिक समृद्धि दिएन : गजुरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २९ आइतबार ०८:५२:००

नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपाली जनतालाई अहिलेको गणतन्त्रले समृद्धि नदिएको बताए । थुप्रै राजनीतिक व्यवस्था फेरिए पनि जनताले कुनै पनि व्यवस्थाबाट आर्थिक समुन्नति नपाएको गजुरेलले जिकिर गरे ।

राजधानीमा शुक्रबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थामा टेकेर जनगणतन्त्रसम्म पुग्ने आफ्नो पार्टीको अन्तिम लक्ष्य रहेको बताए । ‘पुँजीवादी व्यवस्थाबाट जनताको कल्याण हुनै सक्दैन,’ गजुरेलले भने, ‘यो संविधान खारेज गरी नयाँ संविधान निर्माण गर्न हाम्रो संघर्ष रोकिँदैन ।’ 

सभा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल), नेकपा (माओवादी केन्द्र) तथा देशभक्त जनतान्त्रिक मञ्चलगायतले संयुक्त रूपमा आयोजना गरेका थिए ।