मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस
२०७६ बैशाख २८ शनिबार १६:५३:००
Read Time : < 1 मिनेट
प्रवास

प्रधानमन्त्री ओलीद्वारा भियतनाममा पुस्तक विमोचन

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख २८ शनिबार १६:५३:००

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल पिस एट ह्याण्ड (नेपालमा शान्ति) शीर्षक पुस्तक विमोचन गरेका छन् । गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा लामो समय बसेका न जुआत बान होङ दुकले लेखेको पुस्तक शनिबार विमाेचन गरेका हुन् ।

बौद्ध दर्शनको दृष्टिकोणबाट शान्ति प्रक्रिया र द्वन्द्वबारे विश्लेषण गरिएको पुस्तक भियतनामी र अङ्ग्रेजी भाषामा लेखिएको छ । विमाेचन समारोहमा प्रधानमन्त्री ओलीले नेपाल बुद्धभूमि मात्र नभएर बौद्ध दर्शनको जग भएको बताउँदै कृतिले लुम्बिनी र सगरमाथाबारे जानकारी दिने उल्लेख गरे ।