मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १८:००:००
Read Time : < 1 मिनेट
खेलकुद

ए डिभिजन लिग फुटबलकाे उपाधि मनाङलार्इ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १८:००:००

मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बिहीबार भएकाे खेलमा मनाङले संकटा क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । खेल एन्फा कम्प्लेस सातदाेबाटाेमा भएकाे थियाे । मनाङ अाठाैँ पटक ए डिभिजन लिग फुटबलकाे च्याम्पियन बनेकाे हाे । 

खेलमा मनाङले आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएकाे थियाे ।  खेलको ८१ औं मिनेटमा पुजन नगरकोटीले मनाङकाे अग्कोर गोलबाट अग्रता दोब्बर बनाए भने  ७८ औं मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई ३ – ० को स्थितिमा ल्याए । खेलकाे अन्तिम समयमा संकटाका लागि सेड्रिक आबाले १ गाेल फर्काए । जितसंगै मनाङले ११ खेलबाट ३३ अंक जोडेको छ । मनाङ जारी लिगमा अपराजित छ भने उसले २ खेल खेल्न बाँकी छ । दोस्रो स्थानमा रहेकाे संकटाले २५ अंक जाेडेकाे छ । 

यस्तै आज भएको पहिलो खेलमा च्यासल युथ क्लबले र एपीएफ क्लबलार्इ १–१काे बराबरीमा राेकेकाे छ । खेलको ३० औं मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए भने ५४ औं मिनेटमा श्यामकुमार नेपालीले गोल गर्दै एपीएफकाे हार टारेका थिए ।