मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७६ बैशाख २८ शनिबार १३:४०:००
Read Time : < 1 मिनेट
विश्व

भेनेजुएलाका राष्ट्रिय सभा उपाध्यक्षलाई जेल सजायका लागि आदेश

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख २८ शनिबार १३:४०:००

भेनेजुएलाको विषेश अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ ।  

सर्वोच्च अदालतले शुक्रबार दिएको जानकारी अनुसार ‘आतङ्कवादसम्वन्धी’ क्रियाकलापमा संलग्न भएको आरोपमा उपाध्यक्ष इड्गार जाम्ब्रानोलाई जेल हाल्न आदेश दिइएको हो ।

गत अप्रिल ३० मा विपक्षी नेता हुवान गुएइदो, उपाध्यक्ष जाम्ब्रानोसहित विपक्षी समूहले सरकार विरुद्ध उत्रिन आह्वान गरेका थिए । उनीहरुले राष्ट्रपति निकोलस मुदुरोलाई पदमुक्त गराउन पनि आग्रह गरेका थिए ।

उपाध्यक्ष जाम्ब्रानोलगायत राष्ट्रिय सभाका केहीलाई सरकारी सुरक्षा अधिकारीहरूले अनुसन्धान अगाडि बढाएका थिए । त्यही अनुसन्धानकर्ताहरूको सिफारिसका आधारमा अदालतले उनलाई काराबास राख्न आदेश दिएको हो ।