१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २८ शनिबार ०७:४३:००
Read Time : < 1 मिनेट
प्रदेश

बाजुरामा छाउपडी हटाउन मुस्किल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २८ शनिबार ०७:४३:००

बुढीनन्दा नगरपालिका ९ पाण्डुसेनमा गत २४ पुसमा छाउगोठमा सुतेका अम्मा बोहरा र उनका दुई छोराको मृत्यु भयो । त्यसपछि छाउपडी प्रथा उन्मूलनका लागि जिल्लाभर विभिन्न कार्यक्रम गरियो । तर, अझै थुप्रै गाउँमा यो कुप्रथा कायम छ । 

बडिमालिका नगरपालिकाले छाउगोठमुक्त अभियान सञ्चालन गरे पनि पूर्ण सफल हुन नसकेको उपमेयर कविता विष्टले बताइन् । वडा नम्बर ३, ४, ५ र ६ छाउपडी गोठमुक्त घोषणा भइसकेका छन् । तर, १, २, ७ र ८ मा भने कुप्रथा हटाउन निकै मुस्किल भएको उपमेयर विष्टको भनाइ छ । वडा नम्बर ९ लाई छाउपडीमुक्त गर्ने अन्तिम तयारी भइरहेको बताउँदै उनले यी वडामा चेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिइन् । नगरपालिकाका अनुसार १, २, ७ र ८ वडामा छाउगोठ अझै छन् । 

जनप्रतिनिधि, सरकारी कर्मचारी, शिक्षक आदिकै घरगाउँबाट छाउपडी प्रथा नहटेको स्थानीयले बताए । बडिमालिका नगरपालिका १ का अध्यक्ष रामबहादुर कार्की, २ का अध्यक्ष डम्बर महत, ७ का अध्यक्ष धर्मराज पाध्याय र ८ का अध्यक्ष प्रकाश रावलकै टोलमा पनि अझै महिलाहरू छाउगोठमा बस्ने गरेका छन् । 

वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायको गाउँ रजातोलीमा एक सय १५ परिवार बस्दै आएका छन् । सबै महिलाले छाउ बार्ने गरेको पाध्यायले बताए । ‘गाउँमा २४ जना स्थायी र अस्थायी कर्मचारी तथा दुईजना जनप्रतिनिधि छन्,’ पाध्याय भन्छन्, ‘ती सबै परिवारले पनि छाउपडी बार्दै आएका छन् ।’ बडिमालिका नगरपालिका २ मा पनि छाउपडी गोठमा बस्ने चलन कायमै छ । गोठ कम छन्, तर कुप्रथा कायम छ ।