मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
Photo : Melbourne Stars
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १७:२२:००
Read Time : < 1 मिनेट
खेलकुद

सन्दीपले २ विकेट लिँदा मेलबर्न स्टार्सको पहिलो जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १७:२२:००

अष्ट्रेलियाकाे घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास लिगमा मेलबर्न स्टार्सले पहिलो जित निकालेको छ । बिहीबार भएको खेलमा मेलबर्न स्टारले सिड्नी सिक्सर्सर्लाई ५ विकेटले पराजित गरेकाे हाे । सिड्नीले दिएको एक सय ३१ रनको लक्ष्य मेलबर्नले १४.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । 

सिड्नीलाई मध्यम योगफलमा रोक्नका लागि नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २ विकेट लिए । पुरा ४ अाेभर बलिङ गरेका सन्दीपले ४.५ रनरेटकाे अाैसतले १८ रन खर्चिएर २ विकेट लिएका थिए ।

सिड्नी सिक्सर्सका कप्तान माेजेस अर्निकेज र टम करेन सन्दिपकाे बलमा लेग बिफाेर अाउट भए । माेजेक ९ रन बनाउँदन अाउट भए भने टम २ रनमा अाउट भए ।