१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १७:०३:००
Read Time : < 1 मिनेट
समाचार

मेलम्चीको पानी कहिले आउँछ, मिति तोक्न सकिदैन : मन्त्री मगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १७:०३:००

खानेपानी मन्त्री विना मगरले इटालियन ठेकेदार कम्पनी सिएमसीकै कारण सरकारले मेलम्चीको खानेपानी काठमाडौंमा आउने मिति सार्दै जानु परेको बताएकी छन् । 

मन्त्री मगरले कम्पनीले सहमति कार्यान्वयन नगरेकै कारण दसैं अघि काठमाडौंमा पानी ल्याउने सरकारको योजना पूरा हुन नसकेको बताइन् । उनले अब आईन्दा मेलम्चीको पानी कहिले काठमाडौं आउँछ ? भनेर मिति नतोक्ने बताइन् । बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाको काम सिएमसी कम्पनीबाटै गराउन चाहेको उल्लेख गर्दै त्यसका लागि कम्पनीले विश्वसनीय वातावरण बनाउनुपर्ने आवश्यक्ता औंल्याइन् । 

मन्त्री मगरले सिएमसी कम्पनी सरकारका लागि ‘निल्नु न ओकल्नु’को अवस्थामा रहेको उल्लेख गर्दै त्यसको कानुनी उपचारमा सरकार लागि परेको बताइन् । उनले बजेटको अभाव देखाएर सिएमसी कम्पनीले ठेक्का सम्झौंताबाट पछि हटने काम गरिरहेको उल्लेख गर्दै समस्या समाधान गर्न लाग्ने समयको एकीन नभएको समितिलाई जानकारी गराइन् ।

मन्त्री मगरले सकेसम्म सिएमसी कम्पनीबाटै मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गराउने, नभए अन्य विकल्प खोजी गर्ने प्रतिवद्धता जनाएकी छन् । मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको काममा नेपाली पक्षले आर्थिक हिनामिना गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी दिइन् ।