१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख २७ शुक्रबार १०:४३:००
Read Time : > 1 मिनेट
प्रदेश

दाङको ६ सय हेक्टर वनमा डढेलो

Read Time : > 1 मिनेट
२०७६ बैशाख २७ शुक्रबार १०:४३:००

गर्मी मौसम सुरु भएसँगै दाङका विभिन्न स्थानका वनमा डढेलोको संख्या बढ्न थालेको छ । यस वर्ष पनि जिल्लाका राष्ट्रिय वन, दाङ देउखुरीका केही वन क्षेत्र र बाँके राष्ट्रिय निकुञ्जको दाङ क्षेत्रमा डढेलोका कारण ६ सय हेक्टरभन्दा बढी वन क्षेत्र नष्ट हुने भएको छ ।  डिभिजन वन कार्यालय दाङका अनुसार चुरे र महाभारत क्षेत्रमा यसको बढी जोखिम देखिएको छ । कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले राष्ट्रिय वन, दाङ देउखुरीका अन्य केही वन क्षेत्र र बाँके राष्ट्रिय निकुञ्जको दाङ क्षेत्रमा बढी आगलागी भएको बताए ।

६ सय  ३८ हेक्टरवनमा डढेलो 

डिभिजन वन कार्यालयका अनुसार अहिले जिल्लाका झन्डै दुई दर्जन बढी वन क्षेत्रमा आगलागीका घटना भइसकेको छ । अहिलेसम्म ६ सय ३८ हेक्टर क्षेत्रमा आगलागी भइसकेको सूचना अधिकारी केसीले बताए । त्यसबाट हजारौँ साना बोट बिरुवा र जीवजन्तु मरेका छन् । सूचना अधिकारी केसीका केसीका अनुसार अम्बिकेश्वरी वनअन्तर्गतको घोराही उपमहानगरपालिका–७ घुस्नास्थित  जनभावना सामुदायिक वन, घोराहीको पाण्डवेश्वरी सामुदायिक वन, घोराहीस्थित सरस्वती सामुदायिक वन, तुलसीपुरको धारापानी सामुदायिक वन, घोराहीकै जनसेवा सामुदायिक वन, घोराहीको गोरक्ष सामुदायिक वन, घोराहीको पाण्डवेश्वरी सामुदायिक वन धारापानीमा डढेलो लागेको छ ।

त्यसैगरी, घोराहीको सरजु सामुदायिक वन, दंगिशरण गाउँपालिकास्थित सरस्वती सामुदायिक वन शान्तिनगर, घोराहीको सुनपुरस्थित डाँफे सामुदायिक वन, तुलसीपुर १३ को जनकल्यान सामुदायिक वनमा आगलागी भएको छ । तुलसीपुर–१३ को बराह सामुदायिक वन, सोही ठाउँकै चिसापानी सामुदायिक वन, बबई गाउँपालिका–५ स्थित खैरभट्टी सामुदायिक वनमा आगलागी भएको छ । घोराही–३ को खैरेनी सामुदायिक वन, घोराही–२ को गौरी सामुदायिक वन, घोराही–४ को स्यालापानी सामुदायिक वन, सोही ठाउँकै पालुथान सामुदायिक वन, वसन्तापुर सामुदायिक वन र सोही ठाउँकै सुनपुर सामुदायिक वनमा पनि डढेलो लागेको छ ।

लापरबाहीका कारण आगलागी

वनमा लाग्ने डढेलोको मुख्य कारण मानवीय लापरबाही रहेको पाइएको छ । वन जंगल र जीवजन्तुको नाशसँगै गाउँहरू नै जोखिममा पार्ने गरी लाग्ने आगो अधिकांश मानिसकै लापरबाहीले लाग्ने गरेको सूचना अधिकारी केसीले बताए । आगो लगाउनेको पहिचान गरी कारबाही गर्न नसक्दा बर्सेनि वनमा आगलागीका घटना वृद्धि हुन थालेको उनको भनाइ छ ।