१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी
२०७५ पौष १२ बिहीबार १६:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बूढानीलकण्ठस्थित पुनर्स्थापना केन्द्रबाट ५१ महिलाको उद्धार

Read Time : < 1 मिनेट
टेकराज थामी
२०७५ पौष १२ बिहीबार १६:३२:००

काठमाडौंको बुढानिलकण्ठ हाइटस्थित 'कृपाघर' नामक पुनर्स्थापना केन्द्रबाट ५१ महिलाको उद्धार गरिएको छ । श्रुती गुरुङ सञ्चालक रहेको सो केन्द्रमा रहेका महिलाहरुलाई यातना दिने, दुर्व्यवहार गर्ने गरिएको भन्दै  उजुरी परेको थियो ।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा एक रसियन सहित ५१ जना महिलाको रेस्क्यू गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए । दुई बच्चा सहित केन्द्रमा रहेकी रसियन महिलाकाे  भिजाकाे म्याद  गुज्रिएकाे प्रहरीले जनाएकाे छ । 

पुनर्स्थापना केन्द्रकी सञ्चालक गुरुङलाई समेत प्रहरीले पक्राउ गरेको छ । संचालकले केन्द्रमा बस्ने प्रति ब्यक्ति मासिक २५ हजार रूपैयाँ शुल्क लिने गरेकाे महाशाखाका डिएसपी हाेबिन्द्र बाेगटीले बताए । '६ महिनाकाे शुल्क अग्रिम लिएर राख्ने गरेकाे पाइयाे,' बाेगटीले भने, 'पुनस्थापनाका लागि राखिएकालाई भाँडा माझ्न लगाउने, खाना पकाउन लगाउने गरेर कामदार झैं राखिएकाे थियाे ।' पुनस्थापना केन्द्र भनिएपनि उपचार र परामर्श नदिइ घरेलु कामदार जसरी राखेकाे अबस्थामा उद्दार गरिएकाे बाेगटीले जनाए ।  घटनाबारे अनुसन्धान जारी रहेको लामाले जानकारी दिए ।

तस्बिर : अमुल थापा