मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नरजन तामाङ
२०७५ पौष १२ बिहीबार १६:१७:००
Read Time : < 1 मिनेट
प्रदेश

तीन महिनामा तीन हजार काटुन चिनियाँ मदिरा नष्ट

Read Time : < 1 मिनेट
नरजन तामाङ
२०७५ पौष १२ बिहीबार १६:१७:००

जिल्ला प्रहरी कार्यालय हुम्लाले तीन महिनाको अवधिमा तीन हजार ८६ काटुन चिनियाँ  मदिरा नष्ठ गरेको छ । 

बिहीबार सिमकोटमा गरेको  नागरिक सुनुवाई कार्यक्रममा जिल्लाको विभिन्न स्थानबाट बरामद गरीएको चिनियाँ मदिरा (झिनगिन्टी) नष्ठ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक हरिहर खडकाले बताए । 

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार चंखेली गाउँपालिका ५ को टाँकेनाबाट दुई हजार नौ सय आठ काटुन र सिमकोट गाउँपालिका  ५ च्वाखोलाबाट एक सय ६० काटुन चिनियाँ झिनगिन्टी मदिरा बरामद भएको थियो । 

साथै, दुई पेटी, ६७ बोतल क्यान बियर सिमकोटबाट र चंखेली गाउँपालिका १ रिमी गाउँबाट आठ सय ७० लिटर घरेलु मदिरसमेत नष्ठ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

सिमकोट गाउँपालिकाको च्वाखोला नाका र चंखेली गाउँपालिकाको टाँके नाकाबाट जिल्ला प्रहरी कार्यालय हुम्लाले गाउँमा भित्रने क्रममा बरामद गरी नष्ठ गरेको हो ।