नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।
संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मुलुकमा बढदो व्यापार घाटालाई कम गर्न सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुको विकल्प नरहेको बताए । मुलुकमा हाल ७ खरव ८७ अरव व्यापार घाटा रहेको छ । गभर्नर नेपालले विप्रेशनको भर नपर्न सरकारको ध्यानाकर्षण गराए ।
मुलुकमा आर्थिक गतिविधिलाई बढावा दिन पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यक्ता रहेको बताउँदै चालू आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको बताए ।
उनले पूँजीगत खर्च बढाउने काम नगरे मुलुकमा आर्थिक गतिविधिले बढावा नपाउने बताए ।