Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी 
२०७६ बैशाख २६ बिहीबार १२:५३:००
Read Time : < 1 मिनेट
खेलकुद

रिषभ पन्तलाई भारतको विश्वकप टोलीमा राख्न क्रिकेटविदको सुझाव

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ बैशाख २६ बिहीबार १२:५३:००

विश्वकप क्रिकेट २०१९ को भारतीय टोलीमा विकेटकिपर, ब्याट्सम्यान रिषभ पन्त परेका छैनन् । तर इन्डियन प्रिमियर लिग (आइपीएल) को बुधबार राति सनराइजर्स हैदरावादविरुद्ध भएको खेलमा दिल्ली क्यापिटल्सका पन्तको खेल हेरिसकेपछि क्रिकेटविदहरुले उनी विश्वकपको भारतीय टोलीमा नपरेकोमा प्रश्न उठाएका छन् ।

पन्तले ५ छक्का र २ चौका प्रहार गर्दै २१ बलमा ४९ रन जोड्दै दिल्लीको जितमा महत्वपूर्ण योगदान दिएका थिए । ‘प्लेयर अफ दि म्याच’ बनेका पन्तलाई क्रिकेटविदले ‘गेम चेन्जर’ को संज्ञा दिएका छन् । 

इङ्ल्याण्डका पूर्वकप्तान मिचेल भाउगनले आश्चर्य जनाउँदै ट्विट गरेका छन्, ‘रिषभ पन्त कसरी भारतको विश्वकप टोलीमा परेनन् ? म विश्वस्त छु, किनकि भारतसँग अझै पनि खेलाडी परिवर्तन गर्ने समय छ ।’

सन्जय मान्जेकरले आफू औपचारिक रुपमै ‘रिषभ पन्त फ्यान क्लब’ मा प्रवेश गरेको भन्दै ट्विट गरेका छन् । क्रिकेटवाला ट्विटर एकान्टले पन्तको खेल भारतीय क्रिकेट टोलीका छनौटकर्ताका लागि संकेत भएको लेखेको छ ।  

अभिनेता ऋषी कपुरले भारतीय टोलीका कोच रवि शास्त्री र कप्तान विराट कोहलीलाई मेन्सन गर्दै सोधेका छन्, ‘रिषभ पन्त किन विश्वकपको भारतीय टोलीमा परेनन् ?’ विरेन्द्र सहवागले पन्तलाई ‘गेम चेन्जर’ को संज्ञा दिएका छन् ।