मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २५ बुधबार १९:२४:००
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएल: सन्दीप प्लेइङ ११मा परेनन्

Read Time : < 1 मिनेट
२०७६ बैशाख २५ बुधबार १९:२४:००

इन्डियन प्रिमियर लिग आइपिएलको इलिमिनेरमा बुधबार दिल्ली क्यापिटल्सले टस जितेर सनराइजर्स हैदरावादविरुद्ध बलिङ रोजेको छ ।  विशाखापट्टनममा हुने खेल नेपाली समयअनुसार राती ७:४५मा सुरु हुने छ । 

दिल्लीले आज पनि नेपाली लेगस्पीनर सन्दीप लामिछानेलाई प्लेइङ ११मा राखेको छैन । पछिल्ला केही खेलमा उनी बेञ्चमा नै सिमित छन् । साथै, टिममा आज प्रतियोगिताकै सबैभन्दा धेरै विकेट लिने खेलाडी कासिगो रबदा हुनेछैनन् । हैदरवादका लागि यो सिजनकै सबैभन्दा भरपर्दा ब्याट्सम्यान डेविट वार्नर र जोनी बेयर्सटो साथमा छैनन्। 

समूह चरणमा अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका दुई टोलीको भेट इलिमिनेटरमा भएको हो । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । विजयी टोलीले क्वालिफायरमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको चेन्नाइ सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ । क्वालिफायर जित्ने टोली फाइनल प्रवेश गर्ने छ, जहाँ मुम्बइ इन्डियन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । 

समूह चरणमा भेटमा दिल्ली र हैदरवाद दुवैले एक-अर्काविरुद्ध एक एक जित दर्ता गरेका थिए । पहिलो भेटमा हैदरवादले दिल्लीलाई उसकै घरलु मैदानमा ५ विकेटले हराएको थियो । तर, यो हारको बद्ला दिल्लीले हैदारावादको घरेलु मैदानमा नै लियो, हैदरावाद ३९ रनले पराजित भयो ।