मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २५ बुधबार १७:४२:००
Read Time : < 1 मिनेट
खेलकुद

पाथिभरा भलिबल प्रतियोगितामा विभागीय टीमको विजयी सुरुवात

Read Time : < 1 मिनेट
२०७६ बैशाख २५ बुधबार १७:४२:००

पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेश्रो संकरणको फाइनलमा त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । 

पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोश्रो संकरणमा विजयी नेपाल पुलिस र त्रिभुवन आर्मी यो वर्षको फाइनलमा भिड्ने पक्का भएको छ । बुधबार भएको खेलामा सशस्त्रलाई हराउँदै आर्मी फाईनलमा प्रवेश गरेको हो । सशस्त्रलाई आर्मीले २५–२१, २५–२०, २६–२४ अंक ल्याउँदै विजय हासिल गरेको हो । उता, सशस्त्रले भने २५–२० को स्कोर ल्याउँदै हार स्वीकारेको थियो । 

त्यस्तै नेपाल प्रहरीले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो । नेपाल प्रहरीले २५–१८, २५–१७ र २६–२४ को सिधा सेटमा गण्डकी प्रदेशलाई पराजित गरेको हो । 

बिहीबार हुने फाइनलको विजेताले ३ लाख ५१ हजार ५ सय ५, उपविजेताले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ नगद पुरस्कार पाउनेछन् । समय आभावका कारण प्रतियोगितात्मक खेल भने बिहीबार मात्रै सुरु हुने आयोजकले बताएका छन् ।